Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

महाअभियाेग प्रस्तावबाट राप्रपा रिसायाे, सरकारबाट बाहिरिने बिषयमा भाेली निर्णय गर्ने

Sunday, April 30, 2017 National Power

 

१७, बैशाख, काठमाडाैँ – सत्तापक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी कांग्रेस र माअाेवादी केन्द्रका सांसदहरूले प्रधानन्यायधिष सुशीला कार्की विरूद्ध अाज गरेका  महाअभियाेग प्रस्ताव प्रति असन्तुष्ट बनेकाे छ । पर्यटन नागरिक तथा उड्यायन मन्त्री एवं साे पार्टीका प्रवक्ता दिलानाथ गिरिका अनुसार सरकारमा सहभागी तेश्राे ठूलाे दलसंग कुनै परामर्श विना यति ठूलाे निर्णय गरेकाे भन्दै भाेली ११ बजे बस्ने कार्य सम्पादन मुल्याङकन समितिले सरकारबाट बाहिरने वा नबाहिरने भन्ने विषयमा निर्णय हुने बताए ।

काँग्रेस माअाेवादी प्रति निकै अाक्रमक भएका गिरिले अाफुसंग सल्लाहनै नगरी यति ठूलाे निर्णय कसरी गर्न सकेका भन्दै भाेली बैठकले सरकारबाट बाहिरन सक्ने निर्णय गर्न सक्ने संकेत समेत गरे ।