Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

दर्ता भएका १७७ वटा हतियार बुझाइएन

Sunday, April 30, 2017 National Power

१७ बैशाख, चितवन – स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर सुरु भएको हतियार सङ्कलन अभियानअन्तर्गत चितवनमा तोकिएको समयभित्र जम्मा २९ जनाले मात्रै हतियार बुझाएका छन् ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार २७ वटा हतियार दर्तावाला रहेको र दुईवटा भने बिना दर्ताका भरुवा बन्दुक बुझाइएको छ ।प्रहरीले दिएको समयसीमा यही वैशाख १५ गतेभित्र दर्ता भएका अन्य १७७ वटा हतियार भने बुझाइएको छैन । जिल्ला प्रशासन कार्यालय, चितवनमा कुल २०४ वटा हतियार दर्ता भएको तथ्याङ्क छ ।

“बैशाख १५ सम्म बुझाउने समय थियो, थापाले भने – आजदेखि निर्वाचन सुरक्षा योजनाअनुसार खानतलासी र कारबाही हुन्छ ।”अन्य हतियार कहाँ गए भनेर खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । जिल्लामा दर्ता भएका २०४ हतियारमध्ये ११५ वटा हतियारमात्रै नवीकरण भएको जिल्ला प्रशासन कार्यालय, चितवनका नायब सुब्बा हरिबाबु ढकालले जानकारी दिए ।

प्रहरीले गएको चैत महिनामा सूचना जारी गरी जिल्लामा अनुमति लिएका र नलिएका कुनै पनि हातहतियार र विस्फोटक पदार्थ बुझाउन निर्देशन दिएको थियो ।निर्वाचन सुरक्षालाई मध्यनजर गरी हतियार बुझाउन भनिएको हो । तोकिएको समयभित्र नबुझाउनेलाई कानुनी कारबाही अघि बढाउने प्रहरीले जनाएको छ ।