Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

एमालेको चुनावी घोषणापत्र आज

Sunday, April 30, 2017 National Power


१७ बैशाख, काठमाडौं – नेकपा एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक हुँदैछ । पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरेर एमालेले स्थानीय चुनावलाई लक्षित गरी घोषणापत्र सार्वजनिक गर्न लागेको हो । एमालेको शनिबार बसेको स्थायी समितिको बैठकले घोषणापत्र पारित गरेको हो ।

मुख्यगरी स्थानीय तहका काम कर्तव्य अधिकार सम्पादन गर्ने गरीको स्थानीय तह बनाउनुपर्ने, नयाँ संविधानको जगमा सबल राज्य बनाउने कार्यभार पूरा गर्न सामाजिक समानता र न्याय सहित आर्थिक सम्बृद्धिमा जोड दिने कुरालाई प्राथमिकतामा राखेर घोषणापत्र तयार पारिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
यस्तै एमालेले पहिलो चरणमा हुने चुनावका लागि महानगर र उपमहानगरपालिकाका उम्मेदवारको टुंगो पनि आइतबार नै लगाउने बताएको छ । बेलुकासम्ममा स्थायी समिति बैठकले उम्मेद्वार टुंगो लगाउने प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए ।