Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

ओलीलाई मनाउन शेरबहादुरको दौडधुप तर असफल

Saturday, April 29, 2017 National Power

१६ बैशाख, काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी ओली निवास वालकोट पुगेका छन् । आफ्ना पार्टीका वरिष्ठ नेताहरु सहित संविधान संसोधनको विषयमा एमालेलाइृ मनाउन देउवा वालकोट पुगेका हुन् । उनीसंगै वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला सहित बालकोट पुगेका हुन् ।

संविधान संशोधन र स्थानीय तह निर्वाचनबारे छलफल गर्न कांग्रेस नेताहरू बालकोट पुगेको  नेताहरूले बताएका छन् ।

दुर्इ पक्षीय छलफलमा एमालेका तर्फबाट पार्टी अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेललगायत नेता  सहभागी छन् ।

संसदमा टेबुल भएको संविधान संशोधन प्रस्ताव पारित गर्न कांग्रेस नेताहरुले एमालेसँग आग्रह गर्दै आएका छन् । यसबारे संसदमा सम्भवतः आइतबार टुंगो लाग्नेछ ।

एमालेले संविधान संविधान संशोधनको विपक्षमा मतदान गर्ने बताइरहेका बेला नेपाली कांग्रेसले भने एमाले सहितको सहमतिमा संविधान संशोधन गर्ने प्रयत्न गरिरहेको छ ।

यसैविच दुइ नेता विचको वार्ता असफल भएको छ । आज भएको बैठकमा कांग्रेस नेताहरुले चुनाव गराउनु पर्ने भन्दै संविधान संशोधनमा सहमति गर्न प्रस्ताव गरेका छन् ।

तर, एमालेले अस्वीकार गरेको छ । संविधान संशोधन कुनै हालतमा पास हुन नदिने भन्दै एमाले अध्यक्ष केपी ओलीले ‘एमाले विना दुई तिहाई पुर्‍याउँछु भन्ने नसोचेपनि हुन्छ’ भनेका छन् ।

यसअघि प्रधानमन्त्री प्रचण्ड र माओवादी नेताहरुले एमाले नेतृत्वसँग लगातार दुई दिन छलफल गरेका थिए । तर, संशोधन पास हुन नदिने एमाले अडान कायमै छ ।