Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

बन्दीपुर २ मा सापकाेटाकाे सम्भावना बलियाे

Friday, April 28, 2017 National Power

 


१५ बैशाख, तनहुँ –आगामी बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा तनहुँ जिल्लाको महत्वपूर्ण मानिएको बन्दीपुर गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट विभन्न वडाका उम्मेदवारहरुको नाम छनौटको प्रकृयामा छ ।

यस्तोमा वडा नं २ बाट उम्मेदवारको चर्चामा रहेका राम प्रसाद सापकोटा सबैभन्दा अगाडी देखिएका छन् । समाजसास्त्रमा स्नाकोत्तर गरेका सापकोटा नेपाली काँग्रेसको बन्दीपुर गाउँपालिकाका सचिव समेत हुन् । विशेष गरी गाउँको समस्यालाइ केन्द्रसम्म पुर्याइ समस्या समाधानमा केन्द्रित हुने सापकोटा गाउँ र केन्द्रको पुलको रुपमा रहेका छन् ।

उक्त वडामा नेपाली काँग्रेसको तर्फबाट राजु श्रेष्ठ र रामकृष्ण विश्वकर्माको पनि नाम चर्चा रहेको छ । तर आम जनता र कार्यकर्ता माझ लोकप्रिय सापकोटानै प्रमुख दावेदारको रुपमा रहेका छन् ।

नेपाली काँग्रेसको झण्डा मुनी राजनीति गर्ने भए पनि सापकोटा अन्य पार्टी माझ लोकप्रिय छन् । त्यसैले सापकोटा उक्त वडामा अन्य पार्टीको भोट पनि तान्न सक्ने व्यक्तिको रुपमा चिनिन्छन् ।

नेकमा एमाले र माअाेवादी केन्द्रबाट स्थानीय उम्मेदवार भएकाेले नेपाली काँग्रेसले पनि स्थानीय उम्मेदवारनै उठाउनु पर्ने दवाव छ । यस परिस्थितिमा सबैका प्रिय सापकाेटानै उपयुक्त पात्र भएकाे स्थानीय बताउँछन् ।