१५ बैशाख, काठमाडौं – सर्वदलीय बैठक आज तीन बजे बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा प्रतिनिधित्व गर्ने सबै दलसँगको संयुक्त बैठक बोलाएको हो ।
बालुवाटारमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने भएको छ । खासगरी प्रतिपक्ष दल र मधेसी मोर्चासँग संयुक्त बैठक बसोर निचोडमा पुग्न बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए। बैठकमा दुई चरणको निर्वाचन, संविधान संसोधान प्रस्तावलगायतमा साझा धारणा बनाउने उद्देश्यले सर्वदलीय बैठक बस्ने भएको हो ।
बैठकमा सत्तारूढ दल नेपाली काँग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी फोरम नेपाललगायत संसदमा प्रतिनिधित्व गर्ने दल सहभागी हुने प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।