१५ बैशाख, काठमाडाैँ – केही दिन अघि उत्तर कोरियाले आफ्नो सेनाको ८५ औँ स्थापना दिवशको अवसरमा अहिले सम्मकै सबैभन्दा ठूलो सैन्य तथा हतियारको प्रदर्शन गर्यो । यसले पछिल्लो समय अमेरिकासंग बढेको दुरी र कोरियन प्रायदिपमा भइरहेको तनावको स्थितीलाइ संकेत गरेको थियो ।
प्राचिनकालमा युद्ध हुनुभन्दा पहिला शंखनाद गरेर युद्धको घोषणा गरिन्थ्यो । तर आजकाल युद्धको स्वरुप फेरिएको छ र युद्धको घोषणा शैली पनि । अहिले कोरियन प्रायदिपमा भइरहेको गतिविधि हेर्दा यस क्षेत्रमा कुनैबेला युद्धको शुुरुहुने संकेत गर्दछ ।
केही दिन अघिको सैन्यशक्ति प्रर्दशनको क्रममा उत्तर कोरियाले ३०० भन्दा बढी तोपको प्रयोग गरेको थियो । भलै उक्त समयमा तोपको निशाना समुन्द्र तर्फ थियो तर जरुरत परेको खण्डमा दक्षिण कोरिया तर्फ निशाना बनाउन सक्ने उस्को संकेत थियो । उत्तर कोरियासंग भएको प्रायजसो तोपको आक्रमण रेन्ज २५ किलोमिटरको छ भने ऊसंग भएका रकेट लन्चरहरुको आक्रमण रेन्ज ५० देखि ६० किलोमिटरको रहेको छ ।
उत्तरकोरियाको सिमाबाट साउथ कोरियाको राजधानी सिओल केवल ५६ किलोमिटरको दुरीमा रहेको छ । उत्तर कोरियाले अमेरिकाको विशेष सहयोग पाइरहेको साउथ कोरियालाइ जरुरत परेको खण्डमा केही मिनेटमानै सिओल ध्वास्त पार्न सक्ने संकेत गरेको बुझिएको छ ।
सिओलको वरिपरी करिब २ करोड भन्दा बढी मानिसको बसोबास रहेको बुझिएको छ । उत्तर कोरियाले ती सबै मानिसहरुलाई आफ्नो निसाना बनाउने धम्की मात्र दिएको छैन साउथको अर्को महत्वपूर्ण शहर ग्याङनामलाइ पनि निशाना बनाउन सक्ने रणनीति लिएको बुझिएको छ ।
उत्तर कोरियामात्र होइन साउथ कोरिया र अमेरिका पनि उत्तर संगको सम्भावित युद्धको लागि तायरी गरिरहेका छन् । साउथ कोरिया र अमेरिकी सैनिकहरुले संयूक्त रुपमा ११ दिन सम्म चल्ने सैनिक अभ्यास म्याक्स थन्डर को सुरुवात गरिसकेका छन् । साउथ र अमेरिकाले यो नियमित अभ्यास भनेतापनि उत्तरसंगको सम्भावित युद्धको अभ्यासको रुपमा लिइएको छ । यस अभ्यासमा दुवै देशले भारीमात्रामा फाइटर विमान, युद्धपोत, तथा अट्याक हेलिकप्टरको प्रयोग गरेका छन् । धेरैजसो अभ्यास उत्तर कोरियाको सिमाक्षेत्रमा गरिएको छ, जहाँ उनीहरु उत्तरलाइ आफ्नो ताकत देखाएर तर्साउन चाहन्छन् ।
यस अभ्यासमा भाग लिइरहेका अमेरिकी लेफ्टिनेन्ट कर्नेल मैथ्यु गार्नर आफुहरु कुनै बेला युद्धको लागि तयार भएको र यो किसिमको अभ्यास युद्धकै तयारी स्वरुप भएको बताउँछन् । आफ्नो २२ बर्षको सैन्य करियरमा अहिलेसम्म यस्तो किसिमको अभ्यास नभएको बताउँछन् ।
यस अभ्यासमा दुवै देशका स्थल, वायू र जालसेनाहरुले भाग लिइरहेका छन् भने अमेरिकाले परमाणु बोकेको पण्डुवीलाइ पनि साउथको समुन्द्री तटमा परिचालन गरेको छ । यस पण्डुवीबाट टमाहक नामक मिसलाइल पनि लन्च गर्न सकिने जनाएको छ । अमेरिकाको सबैभन्दा ठूलो युद्धपोत युएसएस कालविन्सन पनि उक्त क्षेत्रमा परिचालन गरिएको छ ।
यसैविच अमेरिकाले साउथ कोरियामा एन्टी मिसाईल व्यालेस्टिक पनि तैनाथ गरेको छ, जस्लाइ (THAAD) पनि भनिन्छ । जस्को अर्थ Terminal High Altitude Area Defense हुन्छ । यो डिफेन्स सिस्टम उत्तरबाट दक्षिण तर्फ छोड्ने मिसाइललाइ नष्ट गर्नको लागि सक्षम मानिन्छ ।
तर थाडको तैनाथका सम्बन्धमा साउथ कोरियामा नै सुरु भएको छ । जब अमेरिकाले थाडलाइ परिचालनको लागि लग्दै थियो साउथ कोरियाका नागरिकहरुले विरोध गरेका थिए । उनीहरुले अमेरिकालाइ तिमि मित्र हौ की कब्जा गर्न आएका सेना हौ भनेर प्रश्न समेत गरेका थिए ।
जुन ठाउँमा थाडको स्थापना गर्न लागिएको छ, उक्त क्षेत्रका नागरिकहरु आफ्नो देशको सरकार र अमेरिकासंग रुष्ट बनेका छन् । यस किसिमको कार्यबाट उत्तर कोरिया रिसाउने र त्यहाँका नागरिक उस्को निशानामा पर्न भय उनीहरुको छ ।
यसबाट अर्को छिमेकी राष्ट्र चीन पनि रुष्ट बनेको छ । अमेरिकाले दक्षिणलाइ सघाउने नामका स्थापना गरेको थाडको शक्तिशाली राडरले चीनको निगरानी गर्ने भय चीनलाइ छ ।
यसरी हेर्दा कोरियन प्रायदिप निकैनै संवेदनशील भइसकेको छ । कुनै पनि बेला कुनै पनि देशको सानो भन्दा सानो गतिविधिले पनि ठूलो युद्धको सुरुवात हुन सक्नेछ, जुन तेश्रो विश्वयुद्धमा परिणत हुन सक्नेछ ।
अन्तराष्ट्रिय एजेन्सीहरूकाे सहयाेगमा नवराज दुवाडीकाे रिपाेर्ट