Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

सुनको भाउमा कमी

Thursday, April 27, 2017 National Power

१४ बैशाख, काठमाण्डौ – बैशाख महिना सुरु भएसँगै बिहेको सिजन सुरु भएको मानिन्छ । यो बेला सुनको निकै खपत हुन्छ । तर खुसीको खबर, नेपाली बजारमा बिहीबार सुनको भाउमा केही कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिनको तुलनामा आज सुन तोलामा एक सय रुपैयाँले सस्तिएको हो । सुन प्रतितोला ५४ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको छ । बुधबार भने सुनको भाउ तोलाको ५४ हजार ७ सय रुपैयाँ थियो ।