Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

रोबर्ट हठले आत्मघाती गोल गरे

Thursday, April 27, 2017 National Power

१४ बैशाख, काठमाडौं – इन्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले साँघुरो जित निकालेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा आर्सनलले साबिकको विजेता लेष्टर सिटीलाई १ – ० ले पराजित गरेको हो ।

आर्सनलको घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन एक मात्र गोल लेष्टर सिटीका खेलाडीले आत्मघाती गोलको उपहार दिए । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ८६ औं मिनेटमा लेष्टरका रोबर्ट हठले आत्मघाती गोल गरेका थिए । आर्सनलको नाचोको प्रहार रोबर्टले क्लियर गर्ने क्रममा आत्मघाती गोल हुन् पुगेको थियो । त्यसपछि थप गोल हुन् सकेन र खेल आर्सनलले १ – ० ले  बनायो ।

इमिरेट्स स्टेडियमको यो जितसँगै आर्सनलले प्रिमियर लिगको शिर्ष चारमा रहदै च्याम्पियन्स लिग खेल्ने सम्भावना जिवितै राखेको छ । यस्तै आर्सनलले लेष्टरमाथी आफ्नो अपराजित यात्रा २१ खेलसम्म पुराएको छ । लेष्टरसंगको २१ भेटमा आर्सनलले १४ खेल जितेको छ भने ७ खेल बराबरी खेलेको छ । लिगको छैटौं स्थानमा उक्लिएको आर्सनलले ३२ खेलबाट ६० अंक जोडेको छ । आर्सनल पाँचौ स्थानको म्यान्चेस्टर युनाइटेड भन्दा ३ तथा चौथो स्थानको म्यान्चेस्टर सिटी भन्दा ४ अंकले पछि छ । ३७ अंक जोडेको लेष्टर १५ औं स्थानमा छ ।