Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

रोबर्ट हठले आत्मघाती गोल गरे

Thursday, April 27, 2017 National Power

१४ बैशाख, काठमाडौं – इन्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले साँघुरो जित निकालेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा आर्सनलले साबिकको विजेता लेष्टर सिटीलाई १ – ० ले पराजित गरेको हो ।

आर्सनलको घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन एक मात्र गोल लेष्टर सिटीका खेलाडीले आत्मघाती गोलको उपहार दिए । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ८६ औं मिनेटमा लेष्टरका रोबर्ट हठले आत्मघाती गोल गरेका थिए । आर्सनलको नाचोको प्रहार रोबर्टले क्लियर गर्ने क्रममा आत्मघाती गोल हुन् पुगेको थियो । त्यसपछि थप गोल हुन् सकेन र खेल आर्सनलले १ – ० ले  बनायो ।

इमिरेट्स स्टेडियमको यो जितसँगै आर्सनलले प्रिमियर लिगको शिर्ष चारमा रहदै च्याम्पियन्स लिग खेल्ने सम्भावना जिवितै राखेको छ । यस्तै आर्सनलले लेष्टरमाथी आफ्नो अपराजित यात्रा २१ खेलसम्म पुराएको छ । लेष्टरसंगको २१ भेटमा आर्सनलले १४ खेल जितेको छ भने ७ खेल बराबरी खेलेको छ । लिगको छैटौं स्थानमा उक्लिएको आर्सनलले ३२ खेलबाट ६० अंक जोडेको छ । आर्सनल पाँचौ स्थानको म्यान्चेस्टर युनाइटेड भन्दा ३ तथा चौथो स्थानको म्यान्चेस्टर सिटी भन्दा ४ अंकले पछि छ । ३७ अंक जोडेको लेष्टर १५ औं स्थानमा छ ।