Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

७ फिट लम्बाई २ फिट चौडाई भएको चितुवाको छाला सहित पक्राउ

Thursday, April 27, 2017 National Power

१४ बैशाख, कैलाली – क्षेत्रिय अनुसन्धान समूह (आरआईटी) सुदूरपश्चिमले बुधबार राति अमरगढी नगरपालिका–७, पोखरा बजारबाट चितुवाको छालासहित ६० वर्षीय एक  वृद्धलाई पक्राउ गरेको छ ।

अमरगढी नगरपालिका ६, भाटगाउँका ६० वर्षीय करविर दत्त भट्टराईलाई ७ फिट लम्बाई र २ फिट चौडाई भएको चितुवाको छाला सहित पक्राउ गरेको सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) रोमेन्द्र सिंह देउजाले जानकारी दिए । पक्राउ परेका भट्टराईले २ वर्ष अघि गोली लागेर मरेको अवस्थामा चितुवा फेला पारेपछि घरमा ल्याई त्यसको छाला निकालेर राखेको प्रहरीलाई बयान दिएका छन् ।पक्राउ परेका व्यक्ति र चितुवाको छालालाई अनुसन्धानका लागि जिल्ला वन कार्यालय डडेल्धुराको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
्र