Tuesday 20th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु,एक घाइते

Thursday, April 27, 2017 National Power

१४ बैशाख, पाँचथर – पाँचथरको याङबरक गाउँपालिका–१ स्थित च्याङथापु बजारमा गएराति मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा याङबरक गाउँपालिका–२ बस्ने सन्तोष बेघा रहेका छन् भने यस्तै, सोही ठाउँ बस्ने मिलन चुहान घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकी च्याङथापुमा उपचार भइरहेको स्थानीयवासीले जानकारी दिए ।फलैँचाबाट च्याङथापु आउने क्रममा मे ८ प ९२३६ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।