Sunday 28th May 2023

    गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको गीत ‘साहुकी छोरी’ सार्वजनिक    फिल्म ‘नीरफूल’ अग्र्यानिक बनेको छ– अभिनेता दयाहाङ राई    धन सम्पती लिएर आइन गायिका केसी (भिडियो सहित)    प्रतिष्ठित भारतीय ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करण काठमाडौंमा आयोजना हुने    चलचित्र पत्रकार संघ नेपालले २४औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न

भ्यानको ठक्करबाट एक महिलाको मृत्यु ,एक घाइते

Wednesday, April 26, 2017 National Power

१३ बैशाख, चितवन – पूर्वी चितवनको भण्डारास्थित ग्रामिण सडकमा बोलेरो पिकअप भ्यानको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
राप्ती नगरपालिकाको कालीपानीस्थित भण्डाराबाट हात्तीधापतर्फ जाँदै गरेको ना १ ज ४८७३ नम्बरको बोलेरो पिकअप भ्यानको ठक्करबाट स्थानिय ४० वर्षीया कृष्णमाया खुलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
मंगलबार अपरान्ह चाउचाउ र सिमेन्ट बोकेर ग्रामिण सडकको उकालो चढ्ने क्रममा अचानक गाडी पछाडि सर्दा पैदल हिँडिरहेकी खुलाललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा मृत्यु भएको चितवनका प्रहरीले जनाएको छ। सोही क्रममा स्थानीय २३ वर्षीया सिता थिङलाई समेत घाइते भएकी छन्। उनको भरतपुरमा उपचार भइरहेको छ। बोलेरो चालक चितवन राप्ति नगरपालिका हात्तीछाप बस्ने २५ वर्षका रुपेश रुम्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ।