Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

राप्रपाले घोषणापत्र आज सार्वजनिक गर्दै

Wednesday, April 26, 2017 National Power

१३ बैशाख, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय सरकारको माध्यमबाट जनताको विकासप्रतिको आकांक्षालाई पुरा गर्ने योजनासहित चुनावी घोषणापत्र ल्याउने भएको छ ।

बुधबार विशेष कार्यक्रम गरी चुनावी घोषणापत्रलाई सार्वजनिक गर्ने तयारीमा राप्रपा लागेको छ । राष्ट्रियता, प्रजातन्त्र, हिन्दुत्व र आर्थिक उदारवादको धरातलमा सबल र सम्मृद्ध नेपाल निर्माण गर्न स्थानीय तहको महत्वपूर्ण भूमिका हुने भन्दै स्थानीय सरकार आत्मनिर्भर र स्वायत्त हुनुपर्नेमा जोड दिएको छ ।

तराईका प्रमुख शहरहरुमा चुनावी सभागरी स्थानीय तहका नेता कार्यकर्ता र मतदातासँग प्रत्यक्ष छलफल गरेका उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री तथा पार्टी अध्यक्ष कमल थापाले चुनावी घोषणापत्र तयार पारेको राप्रपाले जनाएको छ ।स्वायत्त शासन प्रणाली मार्फत् स्थानिय जनताका संविधान प्रदत्त अधिकारहरुलाई पूर्ण रुपमा उपभोग गर्न सक्ने गरी सक्षम बनाई प्रत्येक परिवारका आधारभूत आवश्यकता पुरा गर्न सक्ने प्रारुप घोषणापत्र मार्फत सार्वजनिक हुने पार्टीले जानकारी दिएको छ।

प्राथमिक स्वास्थ्य र माध्यमिक तहसम्मको पढाइ निशुल्क गर्दै सरकारी बिद्यालयको गुणस्तरमा बृद्धिमा जोड दिँदै राप्रपाले प्रत्येक गाउँपालिका र नगरपालिकाबाट डाक्टर र इन्जिनियरलाई छात्रवृत्ति प्रदान गर्ने योजना बनाएको छ ।राप्रपाले प्रत्येक घरमा खानेपानी र बिजुली, प्रत्येक वडामा मोटरबाटो पुर्याई यातायात र संचारको विकास गरी स्थानिय साना जलबिद्युतमार्फत उज्यालो गाउँ र योजनावद्ध शहरी विकासमा जोड दिएको छ ।

नेपाल बन्द जस्ता कार्यक्रम आयोजना नगर्ने प्रतिवद्धता जनाउँदै राप्रपाले स्वायत्त शासन अन्तरगत स्थानीय पुँजी परिचालन गरी रोजगारी उत्पादन गरी बढ्दो बेरोजगारी समस्या समाधान गर्ने लक्ष्य राखेको छ । स्वरोजगारलाइ प्रोत्साहन, कृषिको व्यवसायिकरण गर्दै स्थानिय उत्पादनलाई जोड दिई एक परिवार एक रोजगारीका मााध्यमबाट बेरोजगारी समस्या समाधान गर्ने राप्रपाको लक्ष्य रहेको छ ।  जनयुद्ध र संक्रमणकाल, १२ बुदे सम्झौता त्यसयताको राजनीतिक मार्गचित्रप्रति असन्तुष्टि राख्दै देशभित्र बढेको अस्वभाविक बाह्य शक्तिहरुको चलखेलले राष्ट्रिय अखण्डतामाथि प्रश्न उठाएको निष्कर्ष राप्रपाले निकालेको छ ।