Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

भरतपुर महानगरपालिकाको मेयरमा राप्रपाका तिमल्सिना उम्मेदवार

Tuesday, April 25, 2017 National Power

१२ बैशाख, चितवन – राप्रपाले भरतपुर महानगरपालिकाको मेयर पदको निर्वाचनमा जिल्ला अध्यक्ष बद्रि तिमल्सिनालाई उठाउने भएको छ । राप्रपा जिल्ला समितिले अध्यक्ष तिमल्सिनालाई मेयरको उम्मेदवार बनाउने गरी नाम केन्द्रमा सिफारिस गरेको हो ।
तिमल्सिना राप्रपा अध्यक्ष कमल थापाका विश्वास पात्र हुन् । तत्कालिन राप्रपा नेपालका जिल्ला अध्यक्ष रहेका तिमल्सिना पार्टी एकता अधिवेशनपछि राप्रपाको जिल्ला अध्यक्ष भएका हुन् ।

यस्तै राप्रपाले मिना न्यौपाने र गीता लम्साललाई उपमेयरमा उठाउन गरी नाम सिफारिस गरेको जिल्ला अध्यक्ष तिमल्सिनाले बताए भने गीता लम्सालले भन्दा मिना न्यौपानेले उपमेयरको टिकट पाउने सम्भावना बढी रहेको राप्रपा चितवनका नेताहरुले अड्कलवाजी गरेका छन् ।
एमालेसँग तालमेल गर्न राप्रपाको सर्कुलर

राप्रपाले अन्य जुनसुकै राजनीतिक शक्तिसँग पनि ‘एलाइन्स’ गरेर जानेसक्ने गरी बाटो खुल्ला गरेको राप्रपाका अध्यक्ष बद्रि तिमल्सिनाले जानकारी दिए । त्यो अवस्थामा ‘व्याक’ हुनुपरे पनि पार्टी अध्यक्ष भएको नाताले सजिलो हुने भएकाले बद्रि आफैले उम्मेदवारी दिएको राप्रपा स्रोतले जनाएको छ ।

राप्रपाले केन्द्रबाट नै एमालेसँग चुनावी तालमेल गरेर जाने सर्कुलर पठाएको छ ।

राप्रपाले हिन्दु राज्य, भरतपुर महानगरमा रिङरोड निर्माण, नारायणी नदी नियन्त्रण जस्ता बिषयलाई प्रमुख मुद्दा बनाएर निर्वाचनमा जाने अध्यक्ष तिमल्सिनाले बताए ।