Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

हत्या आरोपमा एकजना पक्राउ

Tuesday, April 25, 2017 National Power

१२ बैशाख, दमक – झापाको दमक–४ की अञ्जु गजमेरको हत्या आरोपमा स्थानीय तीर्थराज आचार्य पक्राउ परेका छन्।

गत आइतबार अपराह्न करिब साढे चार बजेतिर आफ्नै कोठामा मृत फेला परेकी ४५ वर्षीया गजमेरको हत्यामा संलग्न रहेको आरोपमा ४३ वर्षीय आचार्यलाई गएराति पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

अञ्जुका पति पृथ्वी गजमेरले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जनाएको छ। घटनापछि फरार रहेका आचार्यलाई लुकेर बसेको अवस्थामा गएराति इलाका प्रहरी कार्यालय दमकको टोलीले पक्राउ गरेको हो।