Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

अन्दाजी ३३ वर्षीय युवकको शव फेला

Tuesday, April 25, 2017 National Power

१२ बैशाख, कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकाको जयनारायण पेट्रोल पम्प नजिक खेतमा आज अन्दाजी ३३ वर्षीय युवकको शव फेला परेको छ ।

बेलौरी नगरपालिका सडक घाट घर भएका सन्तुराम चौधरीको शव खेतमा प्रहरीले फेला पारेको हो ।चौधरी ट्र्याक्टर चालकका रुपमा कार्यरत थिए । खेतमा शङ्कास्पद अवस्थामा शव फेला परेकाले अनुसन्धानको कार्य भइरहेको इलाका प्रहरी कार्यालय कृष्णपुरले जनाएको छ । चौधरीको अहिलेसम्म मृत्युको कारण भने खुल्न सकेको छैन ।