Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

नेपाली कांग्रेसलेआज घोषणापत्र सार्वजनिक गर्दै

Tuesday, April 25, 2017 National Power

१२ बैशाख, काठमाडौं – स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेसलेआज घोषणापत्र सार्वजनिक गर्दैछ । आज दिउँसो तीन बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच घोषणापत्र सार्वजनिक गर्ने काग्रेसले जनाएको छ ।

कांग्रेसले संघीय प्रणाली अन्तर्गत स्थानीय सरकारको अवधारणामा गएको भन्दै सबै स्थानीय तहलाई नमूना स्थानीय सरकारको रुपमा विकास गर्ने आफ्नो प्रमुख प्राथमिकता बनाएको छ । कांग्रेसले ठूलो, पुरानो र लोकप्रिय पार्टीका रुपमा आफूलाई उभ्याउँदै स्थानीय सरकारलाई बलियो बनाउने गरी कार्यक्रम ल्याउने गरी घोषणापत्र तयार पारेको छ ।