Wednesday 12th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

जङ्गली च्याउ खाँदा सिकिस्त बिरामी

Tuesday, April 25, 2017 National Power

१२ बैशाख, इलाम – इलाम देउमाई–१० साङरुम्बाका एक वृद्धसहित एकै परिवारका छ जना जङ्गली च्याउ खाँदा सिकिस्त बिरामी भएका छन् ।
च्याउ खाँदा देउमाई नगरपालिका–१० का ४६ वर्षीय देउमान लिम्बू, ५५ वर्षीय सुकपाल लिम्बू, २४ वर्षीय शेसे लिम्बू, २० वर्षका साङ्बो लिम्बू, १७ वर्षीया तेरुहाङ लिम्बू र ७५ वर्षीया दलहाङमा लिम्बू सिकिस्त भएका जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
उनीहरुले सोमबार आफ्नै घरको बारीमा फलेको च्याउको तरकारीसँग खाना खाएपछि बिरामी परेका हुन् । च्याउ खाएर बिरामी भएका उनीहरूलाई इलाम अस्पतालमा सामान्य उपचार पछि सोमबारै थप उपचारका लागि धरानतर्फ रेफर गरिएको अस्पतालले जनाएको छ ।