११ बैशाख, काठमाडाैँ – नेपाल प्रहरीका डिअाइजी नवराज सिलवाल प्रहरी नियन्त्रणमा परेका छन् । प्रहरी प्रवक्ता नवराव सिलवाले यस्काे पुष्टि गरेका हुन् । सिलवाललाइ वयानका लागि नियन्त्रणमा लिइएकाे बुझिएकाे छ ।
उनीसंगै कानुन व्यवसायी शम्भु थापा पनि प्रहरीकाे कब्जामा रहेकाे बुझिएकाे छ । सिलवाललाइ थापाकै घरबाट पक्राउ गरिएकाे हाे ।
सरकारी कागजात किर्ते गरेकाे अभियाेग सिलवाललाइ लगाइएकाे छ भने, अाइजीपीकाे फुली लगाउने कार्यक्रम बहिष्कार गरेकाे अाराेप पनि उनी माथि लागेकाे छ । यस विषयमा स्पष्टिकरणकाे लागि बाेलाएकाे र त्यसका पनि नगाएकाे बताइएकाे छ ।
सिलवाललाइ हिजै प्रहरीले पक्राउ पुर्जी जारी गरेकाे र हिजाे उनी घरमा नभेटिएपछि फरार रहेकाे भन्दै खाेजी गरिएकाे थियाे ।