Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

विजय लामा बने कुलमान, जनार्दनको भूमिकामा राजेश हमाल (भिडियोसहित)

Friday, April 21, 2017 National Power

७ वैशाख, काठमाडौं उपत्यका लोडसेडिङमुक्त भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्यका लागि गरेको प्रयास र विगतमा भएका बेतिथि अब फिल्ममा उतारिएको छ ।

अभिमन्यु निरवीको यो कथामा सरोज ओलीले निर्देशित गरेको छोटो फिल्म ‘उज्यालो नेपाल’ मा तिनै कथालाई विषयवस्तुकोरुपमा समेटिएको छ । प्राधिकरणका चर्चित पात्र विजय लामा कुलमानको भूमिका र राजेश हमाल बहालावाला ऊर्जामन्त्री जनार्दन शर्माको भूमिकामा देखिएकाछन् । निर्देशक ओलीले प्राधिकरणका विगतका बेथितिलाई गहिरो अध्ययन गरेर नै फिल्ममा उतारिएको बताए ।

फिल्ममा राजेश हमाल, विनोद राई, अर्जुन श्रेष्ठ, विजय लामासँगै गौरी मल्ल, निर्मल शर्मा, नम्रता सापकोटा, केशव भट्टराई, रबि शर्मा, विष्णु बुढाथोकीलगायतका कलाकारले अभिनय गरेका छन्।