Saturday 19th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

भन्सार छुट दिएका बस्तुबाट लाभ लिन अमेरिकाको आग्रह

Friday, April 21, 2017 National Power

८ बैशाख, काठमाडौँ – नेपालसँग भन्सार छुट दिएका बस्तुको व्यापार बढाएर लाभ लिन अमेरिकाले आग्रह गरेको छ ।

शुक्रबार काठमाडौँमा नेपालस्थित अमेरिकी दुतावासले एक कार्यक्रम गरी भन्सार छुट दिने अमेरिकीबाट लाभ लिन नेपाल सरकार र नेपाली व्यवसायीहरुलाई आग्रह गरेको हो । अमेरिकी सरकारले नेपालले उत्पादन गरेका सल, गलैंचा, झोला, स्कार्फ, सिरपोस, छाला तथा भ्रमण सामग्रीमा छुट दिने व्यवस्थासहितको कार्यक्रम तय गरेको छ ।

वाणिज्य मन्त्री रोमी गौचन थकालीले कार्यक्रममा बोल्दै अमेरिकाले उपलब्ध गराएको भन्सार छुटसहितको व्यवस्थाबाट नेपाली व्यवसायी र सरकार उत्साही भएको बताए । बस्तु निर्यातका लागि अमेरिकाले दिएको भन्सार छुटबाट आफूहरु उत्साही भएको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवाणी राणाले बताइन् ।