Sunday 28th May 2023

    गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको गीत ‘साहुकी छोरी’ सार्वजनिक    फिल्म ‘नीरफूल’ अग्र्यानिक बनेको छ– अभिनेता दयाहाङ राई    धन सम्पती लिएर आइन गायिका केसी (भिडियो सहित)    प्रतिष्ठित भारतीय ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करण काठमाडौंमा आयोजना हुने    चलचित्र पत्रकार संघ नेपालले २४औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न

दोश्रो क्वालिफायर खेलमा चौराहाद्वारा रुपन्देही सामु १७३ रनको लक्ष्य प्रस्तुत

Thursday, April 20, 2017 National Power

७ बैशाख, धनगढी –धनगढी प्रिमियर लिग अन्तर्गत आज धनगढी टिम चौराहा र रुपन्देही च्यालेन्जर विच दोश्रो क्वालिफायर खेल भइरहेको छ ।

टस जितेर पहिले व्याटिङ गरेको धनगढी टिम चौराहाले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १७२ रन बनायो । ठुलो योगफल तयार पार्ने क्रममा चौराहाका कप्तान पारस खड्काले ६७ रनको योगदान गरे भने सौरभ खनालले २४, राजु रिजालले २५ तथा अनिल मण्डलले १३ रन बनाए ।

रुपन्देहीका लागि कृष्ण कार्कीले २ विकेट लिए ।
अब केही बेरमा रुपन्देहीले जवाफी व्याटिङ गर्ने छ ।