७ वैशाख, काठमाडौं – बिहीबार भारत भ्रमणमा रहनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई होटेल इम्पेरियलमा प्रवासी नेपालीले भेटेका छन् ।
आज राष्ट्रपति भण्डारी गुजरातको राजकोटमा रहेको औद्योगिक क्षेत्र र गोपाल दुग्ध डेरी उद्योगको अवलोकन गरेर दिउँसो उडिसा राज्य जाने कार्यक्रम रहेको छ । नेपाली राजदूत दीपकुमार उपाध्यायले बिहान भ्रमण दलका सदस्यलाई समीक्षात्मक जानकारी गरे।पाँच दिने भारत भ्रमणमा राष्ट्रपतिले उच्चस्तरीय भेटवार्ता गरिसकेकाले शुक्रबार स्वदेश फर्कने भएकी छन् ।