Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

मधेशी मोर्चामा आवद्ध पाँच दलबीच एकिकरण हुने

Thursday, April 20, 2017 National Power


७ बैशाख, काठमाण्डौँ – मधेशी मोर्चामा आवद्ध पाँच दलबीच एकिकरण हुने भएको छ । नयाँ दलको नाम राष्ट्रिय जनता पार्टी राख्ने नेताहरुबीच सहमति भएको जनाएको छ ।
सदभावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, तराई मधेश सदभावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी र मधेशी जनाधिकार फोरम गणतान्त्रिकबीच आज ७ वैशाख दिउँसो दुई बजे एकताको घोषणा हुने भएको सदभावना पार्टीका सचिव उपेन्द्र महतोले जानकारी दिए ।
उनका अनुसार नयाँ दलको नाम राष्ट्रिय जनता पार्टी (राजपा) राख्ने सहमति भएको छ भने चुनाव चिन्ह छाता रहने छ ।पार्टीको नेतृत्व अध्यक्ष मण्डलले गर्नेछ । जसमा पाँचवटै दलका अध्यक्षहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, राजकिशोर यादव, शरत्सिंह भण्डारी रहनेछन् ।पार्टी एकताको घोषणा आज दुई बजे कालिकास्थानस्थित एक पार्टी प्यालेसमा गरिने पनि उपेन्द्र महतोले जानकारी दिए ।