Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

खोटाङमा हावाहुरीका कारण बिद्युत अबरुद्ध

Thursday, April 20, 2017 National Power

७ बैशाख,खोटाङ – खोटाङ जिल्लामा बर्षासँगै आएको हावाहुरीका कारण बिद्युत अबरुद्ध हुँदा त्यहाँको जनजीवन प्रभाबित भएको छ ।

बुधबार अपरान्हदेखि मौसम बद्ली भई आएको हावाहुरी र बर्षाका कारण बिद्युत अबरुद्ध हुँदा जिल्लाको सञ्चारमा समस्या भएको छ । बिद्युत अबरुद्ध हुँदा मोबाईल फोन अफ भएका छन् भने जिल्लाबाट प्रकाशन–प्रशारण हुने छापा तथा बिद्युतिय सञ्चार माध्यमहरु बन्द भएका छन् ।

उदयपुरको गाईघाट र खोटाङबीचमा फल्ट भएको हुन सक्ने अनुमान गरिए पनि बिद्युत प्रशारण लाईनमा कहाँ समस्या भएको भन्ने पत्ता लाग्न नसकेका नेपाल बिद्युत प्राधिकरण खोटाङले जनाएको छ ।प्राधिकरणका अनुसार मर्मतका लागि टोली खटाइसकिएको छ । हावाहुरीका कारण टावरमा समस्या हुँदा जिल्लामा सञ्चालन हुने ईन्टरनेट सेवा समेत अबरुद्ध छ । बिहिबार पनि मौसममा सुधार आएको छैन