Sunday 19th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

बैगलोरद्वारा गुजरात पराजित, गेलको १० हजार रन पुरा

Wednesday, April 19, 2017 National Power

६ बैशाख, भारत – आइपिएल अन्तर्गत हिजो भएको खेलमा रोयल च्यालेन्जर बंैगलोर विजयी भएको छ ।
राजकोटमा भएको खेलमा बंैगलोरले गुजराल लायन्सलाई २१ रनले पराजित गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको बैंगलोरले क्रिस गेलको विस्फोटक व्याटिङको मद्दतले निर्धारित २० ओभरमा २ विकेट गुमाइ २१३ रनको विशाल योगफल तयार पारेको थियो ।

उसका लागि ओपनर क्रिस गेलले ३८ बलमा ७७ रन बनाउँदा कप्तान विराट कोहलीले ६४ रनको योगदान गरेका थिए । त्यस्तै त्रविस हेडले ३० तथा केदार ज्यादवले ३८ रन बनाए । गुजरातका लागि धवल कुलकर्नी र बासिल थम्पीले १–१ विकेट लिएका थिए ।

जवाफमा २१४ रनको विजयी लक्ष्य सहित मैदानमा उर्तेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १९७ रन मात्र बनाउन सक्यो । ओपनर तथा पुर्व न्युजिल्याण्डका क्याप्टेन ब्रेडम म्याकुलमले ७२ रन बनाउँदा युवा ब्याट्सम्यान ईसान किसानले ३९ रनको पारी खेले पनि गुजरातलाई विजय गराउन सकेनन् । बंैगलोरका लागि युजविन्दर चाहलले ३ विकेट लिएका थिए भने पवन नेगी, एडम मिल्ने र श्रीनाथ अरविन्दले १–१ विकेट लिएका थिए ।

गेलको १० हजार रन पुरा
यसै विच वेष्टविन्डिजका क्रिस गेल २०–२० क्रिकेटमा १० हजार रन बनाउने पहिलो खेलाडी बनेका छन् । उनले आफ्नो इनिङको चौथो ओभरको पहिलो बलमा १ रन लिँदै १० हजार रन बनाएका हुन । पछिल्लो समय आफ्नो देशको जर्सीमा कमै मात्रामा मैदानमा उत्रिएका गेलले विभन्न १४ टिमका लागि खेल्दै उत्त रेकर्ड बनाएका हुन् ।