Sunday 28th May 2023

    गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको गीत ‘साहुकी छोरी’ सार्वजनिक    फिल्म ‘नीरफूल’ अग्र्यानिक बनेको छ– अभिनेता दयाहाङ राई    धन सम्पती लिएर आइन गायिका केसी (भिडियो सहित)    प्रतिष्ठित भारतीय ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करण काठमाडौंमा आयोजना हुने    चलचित्र पत्रकार संघ नेपालले २४औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न

यात्रुवहाक बस अनियन्त्रीत भई पल्टिदा चालकको ज्यान गयो

Wednesday, April 19, 2017 National Power

६ बैशाख, सिरहा – आफैले चलाएको यात्रुबाहक बसले किचेर सिरहामा चालकको ज्यान गएको छ । आज विहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार– ३, निपनियाँमा यो दुर्घटना भएको हो ।

काठमाडौंबाट काकडभिटा तर्फ जाँदै गरेको ना.६ ख ४९७७ नम्वरको यात्रुवहाक बस अनियन्त्रीत भई सातपत्रे पुलमा ठोकिएर पल्टिदा बसले च्यापिएर चालक चितवन नारायणगढका सोमलाल ढकालको ज्यान गएको हो ।

आफैले चलाएको बस अनियन्त्रित भई पल्टिन खोज्दा चालकले हामफलेपछि सो बस चालक माथि नै उल्टिएको स्थानीयले जानकारी दिए । यात्रुहरु वसभित्रै रहेकोले कोही यात्रु घाइते नभएको प्रहरीले जनाएको छ ।