Sunday 28th May 2023

    गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको गीत ‘साहुकी छोरी’ सार्वजनिक    फिल्म ‘नीरफूल’ अग्र्यानिक बनेको छ– अभिनेता दयाहाङ राई    धन सम्पती लिएर आइन गायिका केसी (भिडियो सहित)    प्रतिष्ठित भारतीय ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करण काठमाडौंमा आयोजना हुने    चलचित्र पत्रकार संघ नेपालले २४औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न

कञ्चनपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

Tuesday, April 18, 2017 National Power

५ बैशाख, महेन्द्रनगर– महेन्द्रनगरको कञ्चनपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बसको ठक्करबाट पूर्णागिरी मन्दिरको दर्शन गरेर मोटरसाइकलमा फर्किरहेका कैलाली हसुलियाका ३७ वर्षीय बसन्त विक र ३५ वर्षीया मिना विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

बसको ठक्करबाट ३७ वर्षीय विकको घटनास्थलमै र मिनाको उपचारका लागि महाकाली अञ्चल अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो। पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका–५ वनसमिति नजिकै सुदूरपश्चिम यातायातको ना ३ ख ३९५५ नम्बरको बसले कैलाली तर्फ गइरहेको से १ प ४५५५ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो।
शव पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ। परिवारका सदस्यहरुलाई खबर गरिसकिएको र पोष्टमार्टमपछि शव जिम्मा लगाइने प्रहरीले जनाएको छ। ठक्कर दिने बसका चालक फरार रहेका छन् भने बस इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा राखिएको छ ।