Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

जमिन मुनिको पानी निकाल्ने क्रममा अचानक आगो सल्कियो

Tuesday, April 18, 2017 National Power

५ भक्तपुर, वैशाख – भक्तपुरको सूर्यविनायकमा खानेपानी निकाल्न गहिरो बोरिङ अर्थात जमिन मुनिको पानी निकाल्ने क्रममा आगो बलेको छ ।

सूर्यविनायक–१ सिरुटारमा रहेको वडा कार्यालय नजिकै खानेपानी निकाल्न गहिरो बोरिङ गर्ने क्रममा अचानक खाल्डोमा आगो सल्किएको हो । एक सय ५० मिटर गहिलो खाल्डो खनेपछि आगो उत्पन्न भएको हो ।

खोल्डोबाट निस्किएको आगो ललितपुर र भक्तपुरका तीनवटा दमकलले निभाउने प्रयास गरेका छन् । केमिकल प्रयोग गर्दा पनि आगो निभाउन नसकिएको प्रहरीले जनाएको छ । खानी तथा भूगर्भ विभागले गरेको अध्ययन अनुसार यो क्षेत्रमा प्राकृतिक ग्यास रहेको पाइएको छ । प्राकृतिक ग्यासकै कारण आगलागी भएको अनुमान छ ।