Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

सडक विस्तारको क्रममा ढुङ्गाखानी भेटियो

Tuesday, April 18, 2017 National Power

५ वैशाख, म्याग्दी – सडक विस्तारको क्रममा पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिकाअन्तर्गत साविकको ताकम गाविस–८ मच्छिममा विशाल ढुङ्गाखानी भेटिएको छ ।

जिल्ला समन्वय समिति म्याग्दी र स्थानीयवासीको लगानीमा निर्माण भइरहेको सडकखण्डअन्तर्गत मच्छिम गाउँ नजिक ठूलो खानी भेटिएपछि स्थानीय उत्साहित भएका छन् । घर, मठमन्दिर, सडक तथा विभिन्न प्रयोजनमा प्रयोग गर्ने आर्कषक ढुङ्गा फेला परेको स्थानीयले बताए ।

स्थानीयले उत्खननसमेत गर्न थालेका छन् । सडक आसपासमा लाखौँ मूल्यका ढुङ्गा भेटिएपछि वार्षिक १० लाखसम्म दिने तथा सडकका लागि आवश्यक पर्ने डोजर निःशुल्क गरिनेसम्मको प्रस्ताव आएको गाउँलेको भनाइ छ । बस्तीभन्दा टाढा रहेकाले पनि खानी उत्खननमा कुनै असर नगर्ने स्थानीयवासीको भनाइ छ । सडकको दुवैतर्फ भेटिएका ढुङ्गाको मुदी, मुना, ताकमलगायतका क्षेत्रबाट समेत माग आउन थालेको छ ।