Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

अन्तिम खेलमा पारसको आक्रमक पारी, धनगढी दोश्रो चरणमा

Monday, April 17, 2017 National Power

४ बैशाख, धनगढी – धनगढी प्रिमियर लिग अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज चौराहा टिम धनगढी विजयी भएको छ । जितसंगै पारस खड्का टिम धनगढी दोश्रो चरणमा पुगेको छ । आज भएको खेलमा रुपन्देही च्यालेन्जरलाई ६ विकेटले पराजित गरी धनगढी दोश्रो चरणमा पुगेको हो ।
टस जितेर पहिले व्याटिङ गरेको रुपन्देहीले २० ओभरमा ६ विकेट गुमाई मात्र ९१ रन बनाएको थियो । उसका लागि प्रकाश केसीले सर्वाधिक ४९ रन बनाउँदा अन्तिम थापाले ११ रन बनाएका थिए भने अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । धनगढीका लागि ललित राजवंशीले सार्वाधिक ४ विकेट लिए भने सुसन भारी र सौरभ खनालले १–१ विकेट लिए ।

जवाफमा ९२ रनको विजयी लक्ष्य धनगढीले ११ ओभरमा ४ विकेट गुमाएर पुरा ग¥यो । दोश्रो चरणमा पुग्नका लागि धनगढीले उक्त खेल १४ ओभर भित्र जित्नु पर्ने थियो । सोही अनुरुप धनगढीका व्याट्सम्यानहरुले सुरु देखि खुलेर खेलेका थिए । सुरुमै विकेट गुमाएर दवावमा आएको धनगढीका लागि कप्तान पारस खड्काले २१ बलमा २ छक्का र ७ चौकाको मद्दतमा ४२ रन बनाइ जितको आधार तयार पारेका थिए । यस अघि यो प्रतियोगितामा खासै चल्न नसकेका पारसले चाहिएको बेलामा टिमका लागि उच्च स्तरको प्रदर्शन गरेका थिए ।
धनगढीका लागि राजु रिजाल र अमर रौटेलाले १३–१३ रन बनाउँदा पृथु बास्कोटाले १५ रनको नटआउट पारी खेलेका थिए । रुपन्देहीका लागि सहाव आलमले २ विकेट लिँदा कृष्ण कार्की र दुर्गेश गुप्ताले १–१ विकेट लिएका थिए ।

दोश्रो चरणको लागि समिकरण पुरा
यो संगै धनगढी प्रिमियर लिगमा दोश्रो चरणमा पुग्ने चारै टोलीको समिकरण पुरा भएको छ । रुपन्देही च्यालेन्जर, विराटनगर किंग्स, काठमाडौँ गोल्डेन्स र चौराह टिम धनगढीले दोश्रो चरणमा स्थान बनाएका हुन । अब पहिलो क्वालिफाइर अन्तरर्गत रुपन्देही च्यालेन्जर र विराटनगर किंग्स विच खेल हुनेछ । विजेता सिधै फाइनलमा प्रवेश गर्ने छ भने पराजित टोलीले काठमाडौँ गोल्डेन्स र धनगढी विचको विजेतासंग फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्ने छ । खेल ६ गते बाटहुने छ ।