Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

राप्रपाको चुनावी अभियान तिब्रता

Monday, April 17, 2017 National Power


४ बैशाख, काठमाण्डौँ – गत शनिवार राप्रपाले राजधानीको कागेश्वरी मनहरा नगरपालिका नगर कार्यसमितिले जलपान समारोह तथा कार्यकर्ता भेटघाटको आयोजना गरी आफ्नो चुनावी अभियानलाई तिव्रता दिएकोछ ।
कार्यक्रममा भुमिसुधार मन्त्री विक्रम पाण्डे पूर्व भुमिसुधार राज्य मन्त्री विक्रम शहादुर थापा, काठमाण्डौ जिल्ला अध्यक्ष नवराज सिंखडा लगाएत स्थानिय नेता तथा कार्यकर्ताको वाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम वोल्ने अधिकांस नेताहरुले चुनावी अभियानमा जनताहरु माझ जाँदा हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रका स्पस्ट धारण जनतामाझ राख्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।
कार्यक्रम कागेश्वरी मनहरा नगरकार्यसमितिका अध्यक्ष मणि सिंखडाको सभापतित्वमा सम्पन्न भएको थियो ।