Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

पौडी पोखरीमा डुबेर किशोरको मृत्यु

Monday, April 17, 2017 National Power

४ बैशाख, चितवन – चितवनको खैरहनीस्थित कङ्कालीमा रहेको पौडी पोखरीमा डुबेर आज एक किशोरको मृत्यु भएको छ ।

गर्मीको समयमा कङ्काली डाँडामा आज दिउँसो पौडी खेल्न गएका काठमाडौँका १६ वर्षीय रोजन तिमिल्सिनाको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतक तिमिल्सिनाको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

तिमिल्सिना चितवनको राप्ती नगरपालिका–८ स्थित मामाघरमा घुम्नका लागि आएका थिए, उनी साथीहरुसँगै आज पोखरीमा पौडी खेल्न गएका थिए ।