Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

राप्रपाले निर्वाचनको प्रचार कार्यलाई प्रभावकारी बनाउन ९ सदस्यीय केन्द्रिय प्रचार–प्रसार समिति गठन

Monday, April 17, 2017 National Power

४ बैशाख, काठमाडौं – स्थानीय तह निर्वाचनको प्रचार कार्यलाई प्रभावकारी बनाउन पार्टी प्रवक्ता रोशन कार्कीको संयोजकत्वमा ९ सदस्यीय केन्द्रिय प्रचार–प्रसार समिति गठन राप्रपाले गरेको छ । समितिमा पार्टीका प्रवक्ता भूवन पाठक,केन्द्रिय सदस्य कोमल वली,मोहन श्रेष्ठ, किरण गिरी,प्रदीप कुमार उदय,रवीन चाम्लिङ्ग,गोपाल पौडेल र रेशमराज पौडेल रहेका छन् । स्थानीय मतदाता समक्ष पार्टीका निति तथा कार्यक्रम सरल र प्रभावकारी शैलीमा पुरयाउन पार्टीले प्रचार कार्यलाई अगाडी बढाउने निर्वाचन प्रचास समिति संयोजक कार्कीले बताए । पार्टीले निर्वाचन प्रचारका लागि आम सञ्चार तथा सामाजिक सञ्जालका विभिन्न १५ माध्यम र २० वटा चुनावी नारा तय गरेको छ ।
पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा संघीय मामिला मन्त्री कमल थापाले आगामी स्थानीय निर्वाचनलाई केन्द्रीय प्रचार प्रसारलाई नवीन शैलीमा आक्रमक रुपमा अगाडी बढाउन निर्देशन दिएका छन् । वैशाख ८ गते काठमाडौंमा एक समारोहका बीच स्थानीय निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने योजना बनाएको राप्रपाको प्रचार प्रसार सम्बन्धि कार्यलाई प्रचार समितिले केन्द्र र स्थानिय तहलाई जोड्ने बताएको छ । राप्रपाले स्याटेलाइट टेलिभिजन,स्थानिय एफ.एम. रेडियो,पत्रपत्रिका,यूट्युव फेसबुक पेज,देखि इन्स्ट्रागाम,एसएमएस,स्थानीय टेलिभिजन, अनलाईन रेडियोजस्ता माध्यम मार्फत् पार्टीका उमेदारहरुको प्रचार गर्ने योजना बनाएको छ ।