Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

राप्रपाले निर्वाचनको प्रचार कार्यलाई प्रभावकारी बनाउन ९ सदस्यीय केन्द्रिय प्रचार–प्रसार समिति गठन

Monday, April 17, 2017 National Power

४ बैशाख, काठमाडौं – स्थानीय तह निर्वाचनको प्रचार कार्यलाई प्रभावकारी बनाउन पार्टी प्रवक्ता रोशन कार्कीको संयोजकत्वमा ९ सदस्यीय केन्द्रिय प्रचार–प्रसार समिति गठन राप्रपाले गरेको छ । समितिमा पार्टीका प्रवक्ता भूवन पाठक,केन्द्रिय सदस्य कोमल वली,मोहन श्रेष्ठ, किरण गिरी,प्रदीप कुमार उदय,रवीन चाम्लिङ्ग,गोपाल पौडेल र रेशमराज पौडेल रहेका छन् । स्थानीय मतदाता समक्ष पार्टीका निति तथा कार्यक्रम सरल र प्रभावकारी शैलीमा पुरयाउन पार्टीले प्रचार कार्यलाई अगाडी बढाउने निर्वाचन प्रचास समिति संयोजक कार्कीले बताए । पार्टीले निर्वाचन प्रचारका लागि आम सञ्चार तथा सामाजिक सञ्जालका विभिन्न १५ माध्यम र २० वटा चुनावी नारा तय गरेको छ ।
पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा संघीय मामिला मन्त्री कमल थापाले आगामी स्थानीय निर्वाचनलाई केन्द्रीय प्रचार प्रसारलाई नवीन शैलीमा आक्रमक रुपमा अगाडी बढाउन निर्देशन दिएका छन् । वैशाख ८ गते काठमाडौंमा एक समारोहका बीच स्थानीय निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने योजना बनाएको राप्रपाको प्रचार प्रसार सम्बन्धि कार्यलाई प्रचार समितिले केन्द्र र स्थानिय तहलाई जोड्ने बताएको छ । राप्रपाले स्याटेलाइट टेलिभिजन,स्थानिय एफ.एम. रेडियो,पत्रपत्रिका,यूट्युव फेसबुक पेज,देखि इन्स्ट्रागाम,एसएमएस,स्थानीय टेलिभिजन, अनलाईन रेडियोजस्ता माध्यम मार्फत् पार्टीका उमेदारहरुको प्रचार गर्ने योजना बनाएको छ ।