Sunday 14th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

भारत भ्रमणबारे परामर्श गर्दै राष्ट्रपति भण्डारी

Sunday, April 16, 2017 National Power


३ बैशाख, काठमाण्डौँ – भारत भ्रमणबारे आज पुर्ब प्रधानमन्त्री सहित विभिन्न दलका नेतासँग राष्ट्रपति बिद्यादेवी भण्डारीले परामर्श गर्दै हुनुहुन्छ । ५ दिने भ्रमणका लागि सोमबार भारत जान लाग्नुभएकी राष्ट्रपति भण्डारीले आज पुर्व–प्रधानमन्त्री र उप–प्रधानमन्त्रीसँग परामर्श गर्न लाग्नुभएको हो । राष्ट्रपति कार्यालय शितल निवासमा बिहान साढे १० बजे हुने कार्यक्रममा नेपालमा रहेका पुर्व–प्रधानमन्त्री,रामचन्द्र पौडेल, पुर्व–उपप्रधानमन्त्रीहरु वामदेव गौतम,राप्रपा अध्यक्ष कमल थापा र उपेन्द्र यादवलाई बोलाइएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिनुभयो । भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा हुन लागेको राष्ट्रपति भण्डारीको राजकीय भ्रमणका क्रममा कुनै सम्झौता भने नहुने बताएको छ । भ्रमणका क्रममा भण्डारीले राष्ट्रपति मुखर्जीसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य उच्च अधिकारीसँग भेटवार्ता गर्नुहुनेछ ।