३ बैशाख, काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनमा वदरमत बढ्न सक्ने बताएका छन् । मतदाता शिक्षा कायक्रम प्रभावकारी नभएको भन्दै उनले बदरमत बढ्न सक्ने बताएका हुन् ।
उनले राजनीतिक दलहरुले मतदाता शिक्षा कार्यक्रमममा अप्रधावकारी ढ्रगबाट सहयोग नगरेको आरोप पनि लगाएका छन् । दलहरुले मतदाता शिक्षा कार्यक्रम अगाडी नबढाएको र अयोगले पनि प्रभावकारी ढंगबाट कार्यक्रम संचालन गर्न नसकेको बताएका हुन् ।
यसै विच आयोगले मतदाता परिचयपत्र मतदानको २ अघि मात्र बाँढ्ने भएको छ । बैशाख २७ २८ र २९ गते मतदता परिचयपत्र वितरण गर्ने बताउँदै यसका लागि २ दिन लाइृन लाग्नु पर्ने पनि बताए ।