Friday 19th April 2024

    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार

भारतीय बजारतर्फ किनमेल गर्न गएका बेला रहस्यमय तरिकाले बेपत्ता

Sunday, April 16, 2017 National Power

३ बैशाख, कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका ३० वर्षीया कौशा धामी बजारमा किनमेल गर्न गएका बेला रहस्यमय तरिकाले बेपत्ता भएकी छिन् ।

भारतीय बजारतर्फ सिलाइ मेसिन खरिद गर्नका लागि गएकी धामी बेपत्ता भएकी हुन् । उनी चैत २५ गते बजारतर्फ गएकी र घर नफर्केपछि परिवारजनले सबैतिर खोज्दासमेत फेला पार्न सकेका छैनन् । घरभित्र राहदानीको प्रतिलिपि फेला परेकाले दलालले प्रलोभनमा पारेर भारततर्फ लगेको हुन सक्ने आशङ्का परिवारजनले गरेका छन् । धामी बेपत्ता भएपछि इलाका प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिइएको उहाँका जेठाजु धनबहादुर धामीले बताए।

धामी तीन छोरीकी आमा हुन भने झलारी बजारमा सिलाइ पसल सञ्चालन गर्दै आएकी थिइन् । भारतमा रोजगारीका लागि गएका उनका श्रीमान् पनि चार वर्षदेखि बेपत्ता छन् । चेलीबेटी बेचबिखन विरुद्धमा क्रियाशील सङ्घसंस्थालाई समेत धामीका परिवारले खोजतलासका लागि सहयोग गरिदिन आग्रह गरेका छन् ।