Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

भारतीय बजारतर्फ किनमेल गर्न गएका बेला रहस्यमय तरिकाले बेपत्ता

Sunday, April 16, 2017 National Power

३ बैशाख, कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका ३० वर्षीया कौशा धामी बजारमा किनमेल गर्न गएका बेला रहस्यमय तरिकाले बेपत्ता भएकी छिन् ।

भारतीय बजारतर्फ सिलाइ मेसिन खरिद गर्नका लागि गएकी धामी बेपत्ता भएकी हुन् । उनी चैत २५ गते बजारतर्फ गएकी र घर नफर्केपछि परिवारजनले सबैतिर खोज्दासमेत फेला पार्न सकेका छैनन् । घरभित्र राहदानीको प्रतिलिपि फेला परेकाले दलालले प्रलोभनमा पारेर भारततर्फ लगेको हुन सक्ने आशङ्का परिवारजनले गरेका छन् । धामी बेपत्ता भएपछि इलाका प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिइएको उहाँका जेठाजु धनबहादुर धामीले बताए।

धामी तीन छोरीकी आमा हुन भने झलारी बजारमा सिलाइ पसल सञ्चालन गर्दै आएकी थिइन् । भारतमा रोजगारीका लागि गएका उनका श्रीमान् पनि चार वर्षदेखि बेपत्ता छन् । चेलीबेटी बेचबिखन विरुद्धमा क्रियाशील सङ्घसंस्थालाई समेत धामीका परिवारले खोजतलासका लागि सहयोग गरिदिन आग्रह गरेका छन् ।