Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग अन्तर्गत पाचौ दिन

Friday, April 14, 2017 National Power

१ बैशाख, कैलाली- धनगढीमा जारी सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग अन्तर्गत पाचौ दिनको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले काठमाडौँ गोल्डेन्सलाई १५ रनले पराजित गर्दै प्रतियोगितामा लगातार तेश्रो जित हात पारेको छ ।लगातार तेश्रो जितका साथ रुपन्देही च्यालेन्जर्स अंकतालिकाको शिर्षस्थानमा कायमै रहेको छ । हारपछि गोल्डेन्स ४ खेलमा २ जित र २ हार सहित तालिकाको दोश्रो स्थानमा छ ।

सेती अञ्चल प्रहरी मैदानमा टस जितेर ब्याटिंग रोजेको रुपन्देहीले निर्धारित २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ३५ रन बनायो । उसको लागि नुरधोज सेनले सर्बाधिक ३७ रन तथा पुस्प थापाले ३६ रनको योगदान दिएका थिए । गोल्डेन्सका बलर सोमपाल कामिले ४ विकेट हात पारे ।
१ सय ३६ रनको लक्ष पछ्याएको काठमाडौँ गोल्डेन्सले पुरा २० ओभर ब्याटिंग गर्दै ९ विकेटको नोक्सानीमा १ सय २० रन मात्रै बनाउन सकेपछि १५ रनको हार बेहोर्यो ।
गोल्डेन्सका ब्याट्सम्यान सुमित महर्जनले सर्बाधिक २७, शुबेन्दु पाण्डे र रोहित पौडेलले समान २० रनको योगदान दिए । बलिंग तर्फ रुपन्देहीका कप्तान शक्ति गौचनले सर्बाधिक ३ विकेट हात पारे भने बिक्रम सोब र कृष्ण कार्कीले समान २र२ विकेट लिए ।
खेलकोे म्यान अफ द म्याच ३६ रन र १ विकेट लिएका पुष्प थापा घोषित भए ।