Sunday 2nd April 2023

    तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच सार्वजनिक    नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ    ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो' :वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकाल    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग

भक्तपुरको बिस्केट जात्रा हेर्न आज बिहानैदेखि भीड

Friday, April 14, 2017 National Power

१ वैशाख,भक्तपुर- नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँवर्षमा परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । नयाँवर्ष अर्थात् वैशाख १ गते भक्तपुरको भेलुखेलमा गएराति ९ः४५ बजे उठाइएको लिङ्गो जात्रा हेर्न भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायत क्षेत्रबाट हजाराँैको सङ्ख्यामा जात्रा हेर्न बिहानैदेखि भीड लागेको छ ।

चैत मसान्तको दिन साँझ गःहिटीमा रहेको भैरवलाई बलि चढाइ गुठी संस्थानद्वारा सरकारी पूजा गरेपछि भैरव र भद्रकालीको रथलाई भेलुखेल पु¥याउनेबित्तिकै ५५ हात लामो इन्द्रध्वजासहितको लिङ्गो उभ्याउने परम्परा छ । चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाउने र आज दिनभर भव्य जात्रा एवम् पूजा गरी साँझ लिङ्गो ढाल्ने गरिन्छ । आज यो जात्रा हेरेमा मनोकांक्षा पूरा हुने र शत्रु नाश हुने जनविश्वास रहेको छ ।

बिहीबार साँझ लिङ्गो उठाउने क्रममा पहिलो लिङ्गो भाँच्चिएर एकजनाको ज्यान गएको र पाँचजना घाइते भएपछि स्थानीयवासीले राति १० बजे अर्को लिङ्गो उठाएका थिए ।

लिच्छवीकालदेखि बिस्केट जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिने यो जात्रा भक्तपुरवासीले नौ दिन आठरातसम्म मनाउने गर्छन् । परापूर्वकालदेखि चलिआएको विश्वप्रसिद्ध यो जात्रा बिस्केट अर्थात् ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा मनाइने गरिन्छ ।