Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

राष्ट्रपति र पूर्व राष्ट्रपतिबीच शुभकामना आदानप्रदान

Friday, April 14, 2017 National Power

१ वैशाख,काठमाडौँ -राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व राष्ट्रपति डा रामवरण यादवबीच आज बिहान राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ ।

सो अवसरमा उहाँहरुबीच नयाँवर्ष २०७४ प्रारम्भ भएको खुसियालीमा शुभकामना आदानप्रदान भएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिनुभयो ।

उहाँहरूबीच संविधान कार्यान्वयन र संविधानको संरक्षकका हैसियतमा राष्ट्रपतिबाट हुनुपर्ने योगदानका बारेसमेत विचारविमर्श भएको थियो ।