Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

राष्ट्रपति र पूर्व राष्ट्रपतिबीच शुभकामना आदानप्रदान

Friday, April 14, 2017 National Power

१ वैशाख,काठमाडौँ -राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व राष्ट्रपति डा रामवरण यादवबीच आज बिहान राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ ।

सो अवसरमा उहाँहरुबीच नयाँवर्ष २०७४ प्रारम्भ भएको खुसियालीमा शुभकामना आदानप्रदान भएको राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिनुभयो ।

उहाँहरूबीच संविधान कार्यान्वयन र संविधानको संरक्षकका हैसियतमा राष्ट्रपतिबाट हुनुपर्ने योगदानका बारेसमेत विचारविमर्श भएको थियो ।