Thursday 6th May 2021

    बदमास गायक चिरञ्जिवी भण्डारी फेरी हरामी बने (भिडियो सहित)    बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको अर्को सात बुँदे निर्देशन    कैलालीमा दुई कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ    संक्रमितलाई बेड दिन सकिँदैन भन्दै सरकारले उठायो हात    काभ्रे र भक्तपुरको नाका साँगामा उपत्यका प्रवेश गर्ने सवारी साधनमा कडाइ

आज नयाँ वर्ष मनाइँदै

Friday, April 14, 2017 National Power


१ वैशाख,काठमाडौं –विक्रम संवत २०७३ लाई बिदाइ गर्दै आज शुक्रबारदेखि नयाँ वर्ष २०७४ सुरु भएको छ । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ वर्षको स्वागत गरिंदैछ । नयाँ वर्षको पहिलो दिन सार्वजनिक विदा दिने प्रचलन पनि रहेको छ । विक्रम संवत्लाई आधार मानी हरेक वर्षको वैशाख १ गतेलाई नेपालमा नयाँ वर्षका रुपमा मनाइन्छ । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित नेपाल तथा भारतको राष्ट्रिय पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा र वैदिक समय अङ्कनमा आधारित छ ।

विसं अङ्ग्रेजी पात्रोभन्दा झण्डै ५६ वर्ष ८ महिना १५ दिन अगाडि छ । सूर्यसँग सम्बन्धित भएकाले यसमा ग्रह नक्षत्रका नाम पनि महिनासँग सम्बन्धित छन् । नयाँ वर्षमा विभिन्न नयाँ काम सुरु गर्ने, एकआपसमा शुभकामना आदान गर्ने, वर्ष शुभ रहोस् भनी विभिन्न शक्तिपीठमा दर्शन गर्न जाने प्रचलन छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार सौर्यमान र चन्द्रमान दुवैलाई समन्वय गरेर बनाइएको संवत नै विक्रम सम्बत हो । विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ ।
सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत भनिएको हो । नयाँ वर्षका अवसरमा काठमाडौंको उत्तरी भेगमा रहेको बुढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाको सीमामा रहेको वाग्द्वारमा विशेष स्नान मेला लाग्छ । यसैगरी टोखा चण्डेश्वरीको सपनातीर्थ र कीर्तिपुरमा रहेको चम्पादेवीमा पनि मेला लाग्ने गरेको छ ।
सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने वैशाख सङ्क्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरेमा पाप पखाली पूण्य कमाइने धार्मिक विश्वास पनि रहँदै आएको छ । नयाँ वर्षकै अवसरमा भक्तपुरमा एकसाता लामो बिस्केट जात्रा मनाइन्छ ।

बाँदर र बाघ बनेर शुभकामना आदानप्रदान गर्दै

बझाङ जिल्लामा भने बाँदर र बाघ बनेर शुभकामना आदानप्रदान गर्दै नयाँँ वर्ष मनाइँदै छ । जिल्लाभरि नै बालबालिकालाई बाँदर बनाउने, केही बुढापाका बाघ बन्ने र केही बुढापाका बाँदर र बाघ धपाउने हेराला बन्ने प्रचलन रही आएको छ । प्रत्येक परिवारले आ आफ्ना घरबाट बाँदरलाई दिनका लागि पानीमा भिजाएर चामल, चिनी, गुडलगायतको मिठो खानेकुरा दिने चलन छ । बाघका लागि गाँउलेहरुले एउटा खसी किनेर दिने चलन रही आएको छ ।

जुन आज आआफ्नो गाउँ नजिक रहेको सार्वजनिक स्थलमा गएर यो पर्व मनाई छ । बाँदर हुनेहरुले सल्लाका रुखका भएको नयाँ पालुवाको पुच्छर लगाउने चलनसमेत रहेको स्थानीय दोरेन्द्र खड्काले बताउनुभयो । यसरी बाँदर र बाघलाई आजको दिनमा खुशी मनाए बाँदरले खेतबारीमा लगाएको अन्न बाली नष्ट नगर्ने र बाघले पशु चौपायालाई नखाने विश्वास भएकाले आजको दिनमा विषेश गरेर बाँदर र बाघको पुजा गरी खुशी पार्ने प्रचलन रही आएको स्थानीय विष्णु खड्काले बताउनुभयो ।

गाउँले सबै मिलेर खरीद गरेको खसी बेलुकीपख सबै गाँउलेहरु एकै ठाउँमा जम्मा भएर रमाइलो गरी खाने प्रचलन समेत रही आएको उहाँले बताउनुभयो ।
धेरै जस्तो ठाँउमा नयाँ वर्षको स्वागतका लागि डेउडा खेल्न झिम्केउडा खेल्ने प्रचलन समेत रही आएको स्थानीय बासिन्दाले बताएका छन् । पुरानो रितीरिवाज अनुसार नयाँ वर्षलाई स्वागत गरिँदै छ । पुराना अपुरा कामहरुलाई पूरा हुन र सोचेको चिताएको सबै पूरा होस् भन्ने बढी जस्तो धार्मिक स्थलहरुमा यो पर्व मनाउने प्रचलन रही आएको बताइएको छ ।
आजैको दिनमा सबैले अनिवार्य आफ्नो शरीरमा पाती लगाएर नुहाउने प्रचलनसमेत यस जिल्लामा रही आएको छ । आजको दिनलाई विसु पर्व पनि भन्ने प्रचलन रही आएको छ । आजको दिनमा पातीले आफ्नो शरीरमा नुहाउँदा गएको वर्ष गरेका गल्तीहरु र शरीरमा भएको विष पग्लेर जाने भन्ने विश्वास लिइने बुढापाकाको भनाई छ ।

नयाँ वर्षलाई बिषु पर्वका रुपमा मनाइन्छ ।

सुदुरपश्चिम%