Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

०७३ सालमा नेपाली चलचित्र०७३ सालमा नेपाली चलचित्र

Thursday, April 13, 2017 National Power

२०७२ सालमा नेपाली चलचित्र क्षेत्रले भूकम्पको त्रासदीसँगै देशले नाकाबन्दीको सामना गर्नु प¥यो । यि सबै कुराले जन धनमा क्षतिमात्र पु¥याएन, मानसिक अवस्था पनि विकराल बन्यो । तर ०७३ साल भने केही सुखद रह्यो ०७२ को तुलनामा । म यस आलेखमा नेपाली चलचित्र सम्बन्धि गत वर्षका केही गतिविधिहरु उल्लेख गर्न गइरहेका छौं ।

०७३ सालमा ९० को हाराहारीमा नेपाली चलचित्रहरु सिनेमाघरमा आए । ०७३ सालको पहिलो शुक्रबार कुनै चलचित्र प्रदर्शनमा आएनन् । दोस्रो हप्ता अर्थात् वैशाख १० गते शुक्रबारदेखि दुई चलचित्र निलु डोमा शेर्पा निर्देशित ‘हाउ फन्नी’ र सुवर्ण थापाले निर्देशन गरेको ‘बाटो मुनिको फूल–२’ प्रदर्शनमा आए । त्यस्तै वैशाखमै प्रदर्शनमा आएका अन्य चलचित्रमा उत्कल थापा निर्देशित ‘जंगे’, रञ्जित राना निर्देशित ‘बाजिगर’, बसन्त जीएम निर्देशित ‘उहिले बाजेको पालामा’, दीपक वली निर्देशित ‘रोल्पा रोग’, दिनेश पौडेल निर्देशित ‘आवारा’, आकाश अधिकारी निर्देशित ‘के म तिम्रो होइन र’, र माधव खरेल निर्देशित विरानो माया प्रदर्शनमा आए ।
यस्तै जेष्ठमा सिनेमाघरहरुमा ६ वटा चलचित्र प्रदर्शनमा आए । ज्ञानेन्द्र देउजा निर्देशित बुद्ध वर्न इन नेपाल, निरक पौडेल निर्देशित होमवर्क, रमेश बोगटी निर्देशित किन गरें माया, सुरेश थापा निर्देशित छेस्को, हेमराज बिसी निर्देशित गाजलु र मिन भाम निर्देशित कालो पोथी प्रदर्शनमा आए ।
त्यस्तै असार महिनामा दिनेश पौडेल निर्देशित ‘कम्पन’, दिपेन्द्र दाहाल निर्देशित ‘रिलेशन’, श्रीराम दाहाल निर्देशित ‘लुकामारी’, बाबुरा म ढकाल निर्देशित ‘तीन घुम्ती’, अनमोल गुरुङ निर्देशित ‘अनमोल क्षण’, क्रषि न्यौपाने निर्देशित ‘लाले’, राजु शाह निर्देशित ‘नमस्ते नेपाल’ क्रान्ति केसी निर्देशित ‘सुर्या द पावर’ र राजु गिरी निर्देशित जिस्म प्रदर्शनमा आए ।
साउन महिनामा सुजन लामा निर्देशित ज्यानमारा, श्रीराम महत निर्देशित म त तिम्रै हूँ, रिम विश्वकर्मा निर्देशित रेलीमाई, वेद प्रसाद भुर्तेल निर्देशित संजोग, किशोर राना निर्देशित प्रतिविम्ब, राज शाक्य निर्देशित एक पल, क्रषिराज आचार्य निर्देशित सुन्तलीलाई भगाइ लग्यो भिल्केले र रोज राणा निर्देशित जय पर्शुराम नेपाली सिनेमाघरहरुमा आए ।
त्यस्तै भाद्र महिनामा मिलन चाम्स निर्देशित वीर विक्रम, दिपेन्द्र के. खनाल निर्देशित चपली हाइट, दिनेश श्रेष्ठ निर्देशित सकुन्तला, निर्मल शर्मा निर्देशित ब्रासलेट, लक्ष्मण सुवेदी निर्देशित लालजोडी, राजबहादुर साने निर्देशित वृन्दावन, दीपाश्री निरौला निर्देशित छक्का पञ्जा, सुरज भुसाल निर्देशित गाँठो र वीएस बलामी निर्देशित ड्राइभर दाई प्रदर्शनमा आए ।
यसैगरी असोज महिनामा अपिल विष्ट निर्देशित झुम्की, पुस्कर घिमिरे निर्देशित सत्यदीप, अनिश श्रेष्ठ निर्देशित सफर, राजु अधिकारी निर्देशित सुब्बा साव र ऋषि लामिछाने निर्देशित किस्मत–२ प्रदर्शनमा आए ।

त्यस्तै कार्तिक महिनामा जनक खड्का निर्देशित २१ वर्ष, योगेश घिमिरे निर्देशित राधा, शिव शर्मा निर्देशित उमङ्ग, हिक्मत विष्ट निर्देशित द वीनर, प्रदिप भट्टराई निर्देशित जात्रा र आषिश भेटवाल निर्देशित जंगबहादुरको कोट प्रदर्शनमा आए ।
यस्तै मनोज पण्डित निर्देशित छायाँ, शमिर बलामी निर्देशित द फेमश, प्रथम÷सरोज निर्देशित मेन्टल, रामबहादुर गुरुङ निर्देशित पुरानो ढुङ्गा, नविन अवाल निर्देशित विजुली मेशीन, लक्षु गौतम निर्देशित त म र ऊँ, रविन श्रेष्ठ निर्देशित पार्सल र दिपक रौनियार निर्देशित सेतो सुर्य मंसीर महिनामा प्रदर्शनमा आए ।
यसैगरी पुष महिनामा सिनेमाघरमा आएका चलचित्रमा निराजन मेहेता निर्देशित तिमी बिना, विवेक थापा निर्देशित प्रेमी, बसन्त निरौला निर्देशित समर्पण, प्रेम लामा निर्देशित यु र्टन, रञ्जित राना निर्देशित चक्र, रविन्द्र शाही निर्देशित भ्रम, प्रचण्ड श्रेष्ठ निर्देशित लभ सासा, सविर श्रेष्ठ निर्देशित किङ र सन्तोष शिवाकोटी निर्देशित शब्द रहेका छन् ।
माघ महिनामा प्रदर्शनमा आएका चलचित्रमा नरेन्द्रबहादुर धामी निर्देशित नेटवर्क, लक्ष्मण योञ्जन तामाङ निर्देशित मंगोलियनहर्ट, समिर मियां निर्देशित भाग्य आ–आफ्नो, भाइराजा श्रेष्ठ निर्देशित थ्री मंकीज्, हरि पराजुली निर्देशित परिणाम, जनक खकुरेल निर्देशित रामजाने, राजु अधिकारी निर्देशित लेक साइड र नरेश केसी निर्देशित निभ्न लागेको दीयो रहेका छन् ।
यस्तै फागुन महिनमा देव नेपाल निर्देशित मेरो देश, निश्चल बस्नेत निर्देशित ‘लुट–२’ र तुलसी घिमिरे निर्देशित ‘दर्पण छायाँ–२’ दर्शकमाझ आए ।
त्यस्तै चैत महिनामा अरुण प्रधान निर्देशित ‘यो साइनो मायाको’, मधुसुदन भट्टराई निर्देशित ‘निर्भय’, मुकुन्द भट्ट निर्देशित ‘लप्पन छप्पन’, सुवास कोइराला निर्देशित ‘पलास’, रुपेश थिङ निर्देशित ‘अपरिचित’ र सुमन खड्का निर्देशित चलचित्र ‘धर्मयुद्ध’ नेपाली सिनेमाघरहरुमा आए ।
०७३ सालमा नेपाली दर्शक माझ आएका केही चलचित्रले राम्रै सफलता हात पारे भने केहीले औसत र केही चलचित्र त कहिले आए कहिले गए सम्मको पत्तो भएन । ०७३ मा प्रदर्शनमा आएका चलचित्र मध्ये केही चलचित्रको व्यापार सामान्य रह्यो, केही हिट भए, केही सुपरहिट हुन सफल रहे भने केहीले हलमा पानी पनि मागेनन् । ९० को हाराहारीमा चलचित्र पदर्शनमा आए पनि राम्रो व्यापार गर्ने चलचित्रको सङ्ख्या भने औलामा गन्न सकिने मात्र रह्यो । ०७३मा प्रदर्शनमा आएका चलचित्र मध्ये मात्रै होइन चलचित्र ‘छक्कापञ्जा’ले नेपाली चलचित्रको इतिहासमै सवैभन्दा बढी ब्यापार गर्न सफल भयो । दीपाश्री निरौलाको डेब्यू निर्देशनले उनलाई ठूलै सफलता दिलायो । त्यस्तै ०७३मा राम्रो व्यापार गर्न सफल अन्य चलचित्रमा गाजलु, लुट–२, पुरानो डुङ्गा, किङ, जात्रा आदि रहे । कालो पोथी र सेतो सूर्यले विदेशबाट समेत अवार्ड हात पार्न सफल भए भने नरेश केसीको डाइङ क्यान्डल नयाँ स्वाद लिएर आएका चलचित्रका रुपमा चर्चा कमायो ।
०७३मा नायिका प्रियंका कार्की, वर्षा राउत, सृष्टि श्रेष्ठ, वेनिशा हमाल र वर्षा सिवाकोटीका चलचित्र सफल रहे भने नायकमा सौगात मल्ल, दयाहाङ राई, अनमोल केसी, निखिल उप्रेती, विपिन कार्की, आयुषमान देशराज सफल देखिए ।
यस्तै ०७३मा चलचित्र छक्का पन्जाको गीत पूर्व पश्चिम रेल… र हम्रा त तम्रा बाहेक को छ र…., चलचित्र लुटको ठमेल बजार…, पुरानो डुङ्गाको निर जैले रिसाउनी…. धेरैको रोजाइमा पर्न सफल भए ।
०७३ चलचित्र क्षेत्रमा मिश्रित रह्यो । राम्रा सिनेमा बनेको खण्डमा त्यसको ब्यापार पनि राम्रै हुन्छ भन्ने देखियो । केही राम्रा चलचित्रले नेपाली चलचित्रको साख जोगाए र राम्रै कमाई पनि गरे । केही चलचित्र प्रदर्शन अगावै राम्रै चर्चा कमाएका भए पनि सामान्य लगानी पनि उठाउन सकेनन् । केही चलचित्रका प्रस्तुती राम्रा भए पनि दर्शक सिनेमाघरसम्म चलचित्र हेर्न आएनन् । एकै मितिमा धेरै चलचित्र जुधाउने रोगले ०७३मा पनि चलचित्र नगरीलाई छोडेन । एकै मितिमा ३,४ वटासम्म चलचित्र जुधे, जसले गर्दा सोचे अनुसार उनीहरुले प्रतिफल पाउन सकेनन् ।
नेपाली चलचित्र नचल्नुमा उत्कृष्ट कथावस्तु, योग्य प्रविधि र प्राविधिक नहुँदा चलचित्र धाराशायी बनिरहेको भनिए पनि केही राम्रा भनिएकाहरुले पनि लगानी उठाउन नसकेका उदाहरणहरु छन् ।
नयाँ वर्ष नयाँ उमंग लिएर आएको छ । यो वर्ष विगतका वर्षहरुमा जस्तो देशले संकटको सामना गर्न नपरोस् । नयाँ वर्ष आम नेपालीलाई शान्ति र वकासको बाटोमा डो¥याउन सफल होस् । नेपाली भाषा, साहित्य कला संस्कृतिको मार्ग अझ फराकिलो होस् । नेपाली चलचित्रले फड्को मारोस् । नयाँ वर्ष नयाँ किरण भन्ने कुराको स्मरण पछिसम्म रहोस् । यही कामना नयाँ वर्ष मनाइरहँदा ।
# Filmy Khabar Weekly #