Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

(डिपिएल) अन्तर्गत क्रिकेटमा पारसको टिम पराजित 

Thursday, April 13, 2017 National Power

३१ चैत, धनगढी – धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत क्रिकेटमा धनगढी टिम चौराहा कञ्चनपुर आइकोनिकसँग ११ रनले पराजित भएको छ । बिहीबार भएको पहिलो खेलमा १ सय ६ रनको लक्ष्य पछ्याएको धनगढी १७ ओभर ४ बलमा ९४ रन बनाउँदा अल आउट भएको हो ।
धनगढीका अनिल मडण्लले १५ बलमा १२ रन, आरिफ शेखले ३२ बलमा २२ रन, पारस खड्काले २३ बलमा २३ रन बनाए । यस्तै पृथु बास्कोटाले १७ बलमा १९ रन बनाए । धनगढीका चार जना ब्याट्सम्यान शून्यमा आउट भए भने प्रेम तामाङ र सुसन भारी एक एक रनमा आउट भए ।
कञ्चनपुरका अभिनाश कर्णले तीन, चन्द्र साउद र ललित भण्डारीले दुई दुई विकेट लिए साथै सिद्धान्त लोहनी र सुनिल धमलाले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरले निर्धारित २० ओभरमा ६ विकेट जाँदा १ सय ५ रन बनाएको थियो । कञ्चनपुरका लागि सागर पुनले ४३ बलमा २० रन, सुनिल धमलाले ३७ बलमा ३९ रन, सिद्धान्त लोहनीले २० बलमा २७ रन बनाए । कञ्चनपुरका ५ जना ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । धनगढीका रामनरेश गिरी र आरिफ शेखले दुई दुई साथै सुशन भारी र प्रेम तामाङले एक एक विकेट लिएका थिए ।