Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

६५ दलले नयाँ चरणको संघर्षका कार्यक्रम घोषणा गर्ने

Thursday, April 13, 2017 National Power

३१ चैत्र, काठमाडौं – दलीय चुनाव चिन्हको माग गर्दै संघर्षरत नयाँ शक्तिसहितका ६५ दलले आज नयाँ चरणको संघर्षका कार्यक्रम घोषणा गर्ने भएका छन् ।
निर्वाचन आयोगका कार्यलय घेराउदेखि विरोध प्रर्दशनका कार्यक्रमपछि उनीहरुले रिले अनसनको कार्यक्रम घोषणा गर्दैछन् । अनसनको बैशाख २ गते बिहान ८ बजे विरोधसभा गरेर शुरु हुने बताइएको छ । सबै दलका शिर्ष नेताहरूबाट रिले अनसनको सुरुवात गर्ने जनाइएको छ । नयाँ शक्तिसहितका दलहरुले संयुक्त संघर्ष समिति बनाएर आन्दोलन गरेका छन् भने उनीहरुको यो दोस्रो चरणको कार्यक्रम हो ।

नयाँ शक्तिसहितका ६५ दलले आज पत्रकार सम्मेलन गरेर संघर्षका कार्यक्रम घोषणा गर्दैछत् । पत्रकार सम्मेलन दिँउसो दुई बजे बोलाइएको छ । पत्रकार सम्मेलनमा नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई आफै पनि सहभागी हुने नयाँ शक्तिले जनाएको छ ।