Monday 17th January 2022

    एक्शन, सस्पेन्स र प्रेममा आधारित वेवसिरिज “तिमी बिना” रिलिज    तिमिलाई रुन दिन्न भन्दै बजारमा आए गायक कृष्ण काफ्ले    सीमा नाकामा उच्च सतर्कता    सुदूरपश्चिम प्रदेशमा माघ २ गते सार्वजनिक विदा    रुबी भ्यालीको पहिरोमा पुरिएकाहरु अझै भेटिएनन्

माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

Wednesday, April 12, 2017 National Power

३० चैत, प्यूठान – माछा मार्ने क्रममा प्यूठानमा एकजना युवाको करेन्ट लगाएर मृत्यु भएको छ । झिमरुक गाउँपालिका–५, निवासी केशव जिसी माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए ।

साथीहरु संग गएराती झिमरुक खोलामा करेन्ट लगाई माछा मार्न गएका १७ वर्षिय जिसी घाइते भएका हुन् । घाइते उनलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा उपचार गराउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । जिसीसँगै माछा मार्न गएका ४ जनालाई पक्राउ गरी सोधपुछ भइरहेको बताएको छ।