३० चैत, काभ्रे – काभ्रेमा केहीबेर अघि विपि राजमार्गको भिमखोरी पिप्लेमा चारवटा गाडी आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको काभ्रे प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुईवटा टाटा सुमो, एउटा बस र मोटरसाइकल ठोक्किँदा १० जना भन्दा धेरै घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन बाँकी छ ।
ना १ ज ६५६६ र ना १ ज ४६९५ नम्बरको टाटा सुमो तथा बा ४ ख ६०३ नम्बरको बस र बा ४५ प ६७५३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले जनाएको छ।