Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

कांग्रेस नेताका नाती अपहरणमा परेको आशंका

Wednesday, April 12, 2017 National Power

३० चैत्र, रौतहट – स्थानिय निर्वाचनको मुखमा एक स्थानीय कांग्रेस नेताका नाती अपहरणमा परेको आशंका गरिएको छ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं कटहरीया गाँउपालिकाका प्रमुखको दावेदारी गर्दैआएका स्थानिय सर्फलाल गुप्ताको १२ बर्षिय नाती राजन गुप्ताको अपहरण भएको आशंका गरीएको हो ।

बिर्ता स्थित प्रहरी बोडिंगमा कक्षा चारमा अध्ययनरत राजन गुप्ता मंगलबार अपरान्ह देखी परिवारजन संग सम्पर्क बिहिन भएका छन् । अपरान्हको समयमा घरबाट साईकल लिएर निस्केका राजन हालसम्म सम्पर्कमा नआएको उनका बुबा बिनोद गुप्ताले बताएका छन ।

हराएको अथवा कुनै साथी, आफन्तको घरमा जान सक्ने आशंकामा सम्पुर्ण साथी आफन्त सबैकोमा खोज तलास गरीएको तर हालसम्म पनि राजनको बारेमा थाहा हुन नसकेको नेता सर्फलाल गुप्ताले बताए । अपहरण बारे कतै बाट कुनै सुचना अथवा फोन नआएको गुप्ता परिवारले जनाएको छ ।अपहरणको आशंका गरीएको र राजनको खोजी भईरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए ।