Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

खुला हाफ म्याराथन प्रतियोगिताको उपाधी साउँदलाई

Tuesday, April 11, 2017 National Power

२९ चैत, डडेल्धुरा – नयाँबर्ष २०७४ को अवसरमा डडेल्धुरामा जिल्ला खेलकुद विकास समितिको आयोजना तथा रातो गुराँस रिसोर्टको मुख्य प्रायोजनमा पर्यटकीय क्षेत्रहरुको पहिचान गराउने उद्देश्यले आयोजना गरिएको खुला हाफ म्याराथन प्रतियोगिताको उपाधी नविन साउँदले जितेका छन् ।

मदन कार्की प्रतियोगितमा द्धितीय भएका छन् भने देव सिंह बोहराले तृतिय स्थान हासिल गरेका छन् । प्रतियोगितामा प्रथम, दोस्रो र तृतिय हुनेलाई क्रमश नगद १६ हजार, आठ हजार र चार हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ भने महिला तर्फ गौरी भट्टराई प्रथम भएकी छिन । द्धितिय स्थानमा ममता भट्ट र तृतिय स्थानमा राधा फुलारा भएकी छिन । महिला तर्फ प्रोत्साहन स्वरुप पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश नगद चार हजार, दुईहजार र एक हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।