Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

भीषण आगलागीमा ५० घर जलेर नष्ट

Tuesday, April 11, 2017 National Power

२९ चैत, सिरहा – सिरहाको सखुवा नन्कारकटी–८ सिमराहास्थित दलित बस्तीमा गएराति भएको भीषण आगलागीमा ५० घर जलेर नष्ट भएका छन्। स्थानीयवासी हरिनारायण मण्डलको परालको थुप्राबाट आगो सल्केर सोमबार साँझ ५ बजेदेखि सुरु भएको आगलागी वारुणयन्त्रको सहयोगमा स्थानीयवासी र प्रहरीको प्रयासबाट राति ९ बजेतिर मात्र नियन्त्रणमा आएको थियो।

आगलागीबाट स्थानीय ३५ परिवारका घर जलेर नष्ट भएको इप्रका, महेशबारी सिरहाले जनाएको छ। आगलागीमा परी चार गोरु, आठ बाख्रा तथा स्थानीयवासीको घरमा भएका गरगहना, फर्निचर, खाद्यान्न, भाँडाकुँडालगायत सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगलागी करिब डेढ करोडभन्दा बढी मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

आगलागीलगत्तै लहान, सिरहा र राजविराज नगरपालिकाका वारुणयन्त्रलाई खबर गरिए पनि वारुणयन्त्र ढिलो गरी आएकाले आगलागीबाट ठूलो धनजनको क्षति भएको स्थानीयवासीले गुनासो गरे।

यसैगरी सिरहाको कल्याणपुर नगरपालिका–७ स्थित धु्रवतारा बोर्डिङ स्कुलमा गए राति १२ बजेतिर भएको आगलागीमा तीन लाख ५० हजार बराबरको क्षति भएको छ। आगलागीबाट स्कुलको भवन तथा फर्निचरसमेत जलेर नष्ट भएको प्रहरी चौकी, भेडियाले जनाएको छ।