Wednesday 6th December 2023

    सिविसको आयोजनामा सांसदहरुसँग नीति संवाद    प्रेम रतन धन पायो, हुक्का बार जस्ता बहुचर्चित गीतका गायक विनीत सिंहको लाइभ शो सम्पन्न    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल

संविधान संशोधन विधेयक सरकारद्वारा  फिर्ता

Tuesday, April 11, 2017 National Power

२९ चैत्र, काठमाण्डौँ – व्यवस्थापिका संसदमा पेस भएको संविधान संशोधन (दोस्रो संशोधन) विधेयक सरकारले फिर्ता लिएको छ ।

मंगलबार बसेको संसद बैठकमा सरकारका तर्फबाट कानुनमन्त्री अजयशंकर नायकले संशोधन विधेयक फिर्ता लिएका हुन् । उक्त विधेयक एमाले लगायत ९ दलको विरोधका बीच गत पुस २४ गते सरकारले सदनमा पेस गरेको थियो । विपक्षीहरुले प्रस्ताव देशको हित विपरीत भन्दै विरोध जनाएका थिए । प्रदेशको सीमा, राष्ट्रिय सभामा प्रतिनिधित्व, वैवाहिक अंगीकृत नागरिकता र भाषाजस्ता संवैधानिक व्यवस्थामा संशोधन गर्ने प्रस्ताव थियो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाउँदै आएको माग सम्बोधनका लागि भन्दै संसद सचिवालयलमा गत मंसिर १४ गते दर्ता भएको थियो । उक्त विधेयक मोर्चा घटक दलहरुले समेत मानिरहेका थिएनन् ।

सरकारले विधेयक फिर्ता लिएसँगै संविधान संशोधनको नयाँ प्रस्ताव लैजाने तयारी गरेको छ । नयाँ प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो । मधेसी मोर्चाले नयाँ प्रस्तावमा समेत समर्थन गर्ने र नगर्ने अझै निश्चित भएको छैन ।